पोखरामा यातायात व्यवसायीबीच कुटाकुट, ७ जना घाईते, तीन जना पक्राउ

पोखरामा यातायात व्यवसायीबीच कुटाकुट, ७ जना घाईते, तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ७ बैशाख २०७३
  • 13.6K
    Shares

पोखराका यातायात व्यवसायी बीचमा सोमवार कुटाकुट भएको छ । कुटाकुट हुँदा ७ जना घाईते भएका छन् । पोखरामा प्रधान कार्यालय रहेको पृथ्वीराजमार्ग बस सञ्चालक समिति र झापामा प्रधान कार्यालय रहेको उज्यालो यातायात व्यवसायी समितिका पदाधिकारी बीचमा ujyalo todfodज झडप भएको हो ।

झडपमा घाईते हुनेहरुमा उज्यालो यातायातका नविन लामा र विष्णु नेपाली रहेका छन् । त्यसैगरी पृथ्वीराजमार्ग बस सञ्चालक समितिका रुद्रथापा मगर, श्याम श्रेष्ठ, झलक कुँवर, प्रकास सिग्देल र पशुपति पौडेल रहेका छन् । पोखराको लागि नयाँ समितिको रुपमा भित्रिएको उज्यालोले यस क्षेत्रमा गाडी प्रवेश गराउन खोजेपछि पृथ्वीराजमार्ग बस सञ्चालक समितिका पदाधिकारीहरुले नयाँ व्यवसायीमाथि आक्रमण गरेको बताइएको छ । तर, पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐन कुमार शाहीले नयाँ बसका साथीहरुले आक्रमण गर्न खोजेपछि झडप भएको बताए ।

झडपमा उत्रिएका तीन जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता गज्जुसिद्धी बज्राचार्यले जानकारी दिएका छन् । पोखराको जिरो किलोमिटरमा कार्यालय स्थापना गरी उज्यालो यातायातले देशका विभिन्न स्थानमा बस सेवा सञ्चालन गर्न लागेको समितिका अध्यक्ष नलवहादुर गुरुङले जानकारी दिएका छन् । समितिले हाल १२ वटा वसवाट यातायात सेवा सञ्चालन गर्ने निकट भविष्यमा ५४ वटा बसमार्फत सेवा सञ्चालन गर्ने जनाएको छ ।

ujyaalo ghaite.1jpg

प्रतिक्रिया