बैद्यले अचानक बैठक रोके पछि बादल समुह रन्थनियो

बैद्यले अचानक बैठक रोके पछि बादल समुह रन्थनियो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ चैत्र २०७२
  • 14.6K
    Shares

क्रान्तिकारी माओवादी भित्र पार्टी एकताको विषयमा लगातार बिबाद बढ्न थाले पछि एकाएक अध्यक्ष मोहन बैद्यले एक महिना सम्म बैठक स्थगित गरे पछि राम बहादुर थापा बादल समुह भने आक्रोसित बनेको छ । अर्को बैठकको मिति समेत तय भएको छैन । बैठकमा कुल १ सय ९९ जना केन्द्रीय सदस्य मध्य १ सय ६६ जनाले बोलेका थिए ।
उनीहरुले पार्टी एकताको पक्षमा भन्दै ६८ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर सहित अध्यक्ष वैद्यलाई ध्यानाकर्षण गराउने तयारी थाहा पाए पछि बैद्यले बैठक नै रोकि दिएका थिए । बादल सहित देव गुरुङ , पम्फा भुषाल , कुल प्रसाद केसी सहितले अलग्गै छलफल गरेर अब पार्टीको बिशेष महाधिवेशन बोलाउने, अध्यक्षबाट मोहन बैद्यलाई हटाउने र पार्टी एकताको पक्षमा निर्णय गर्ने भनेर छलफल शुरु गरेको बुझिएको छ ।

उनीहरुले बैद्य सारसंग्रहवादी तथा जडसुत्रवादी भएको भन्दै अब नया तरीकाले अघि बढ्नका लागि भन्दै आफ्नो समुहमा निरन्तर छलफल थालेका छन् । अर्कोतिर छुट्टिएर भए पनि पार्टी एकताको लागि एकीकृत माओवादीमा जाने तयारी यो समुहले गरे पनि एमाओवादी अध्यक्ष प्रचण्डले अहिले हतार नगर्नुस् सबैलाई मिलाएर लैजानु पर्छ भन्दै बादललाई सन्देश पठाए पछि यो समुह थप संकटमा परेको छ ।
यसै कारणले संस्थागत निर्णय गराउन हस्ताक्षर संकलनमा लागेका बेला अध्यक्षले बैठक नै विना जानकारी रोकि दिए पछि उनीहरु अलग्गै छलफल गरी नेता कार्यकर्ताको संख्या लेखा जोखा गरेर बिशेष महाधिवेशन बोलाउने योजनामा लागेको एक नेताले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।
उनीहरुको अभियान सफल भएमा र बिशेष महाधिवेशन बनेमा पार्टी अध्यक्ष राम बहादुर थापालाई बनाउने र कार्यदिशा संसोधन गरेर पार्टी एकता गराएर शान्तिपूर्ण संक्रमणको बाटोमा हिड्ने तयारी रहेको छ ।

प्रतिक्रिया