चार दिनदेखि हराइरहेकी महिला मोरङको बक्राहाखोला किनारस्थित काँसघारीमा मृत भेटिइन्

चार दिनदेखि हराइरहेकी महिला मोरङको बक्राहाखोला किनारस्थित काँसघारीमा मृत भेटिइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ जेष्ठ २०८३
  • 798
    Shares

मोरङको बक्राहा खोला किनार

पोखरा, १२ जेठ २०८३।

चार दिनदेखि हराइरहेकी एक महिला मोरङको बक्राहा खोला किनारमा रहेको काँसघारीमा मृत भेटिएकी हुन्।

चार दिनदेखि हराइरहेकी उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारकी ४३ वर्षीया सविता कन्दङ्वा लिम्बू उर्लाबारी–१ स्थित बक्राहा खोलाको लन्डन ब्रिज नजिक काँसघारीमा मंगलबार बिहान मृत भेटिएकी हुन्। उनी उर्लाबारीमै सिलाइकटाइको काम गर्दै आएकी थिइन्।

प्रहरीका अनुसार , राँगा चराउन गएका स्थानीय बासिन्दाले बक्राहा खोलाको किनारस्थित काँसघारीमा मंगलबार बिहान करिब ७ः४० बजे शव देखे पछि प्रहरीलाई खबर गरेका थिए। प्राप्त सुचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरीले घटनास्थल प्रकृति मुचुल्का गरेर शवको अवस्था र अन्य पक्षका बारेमा विस्तृत अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठले बताए ।

सविता उर्लाबारीमै सिलाइकटाइको काम गर्दै आएकी थिइन् । प्रहरीका अनुसार , उनी गत जेठ ९ गते शनिबार बिहान करिब ९ बजेतिर परिवारलाई कुनै जानकारी नदिई घरबाट निस्किएकी थिइन् । त्यसयता परिवारसँग सम्पर्कविहीन रहेकी उनको खोजी भइरहेको थियो ।

घटनाका बारेमा मृतकका माइती पक्षलाई पनि जानकारी गराइएको प्रहरीले जनाएको छ । तेह्रथुममा रहेका माइती पक्ष घटनास्थलतर्फ आउँदै रहेकाले उनीहरू नआउँदासम्म शव नचलाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया