नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं रिहा

नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं रिहा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ जेष्ठ २०८३
  • 1.3K
    Shares

नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाई

पोखरा, १२ जेठ २०८३।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एबम मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा जिल्ला अदालतका जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलाशको आदेश बमोजिम उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले बताए ।

यस अघि उक्त इजलाशले आजे उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो। प्रहरीले उनलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।

प्रसाईंविरुद्ध दर्ता मुद्दामाथिको सुनुवाइपछि अदालतले उनलाई थुनामा नराखी तारेखमा राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको हो।

जेठ ४ गते प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । अदालतमा सोमबार मुद्दा दायर हुँदा उनीविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुरमा सजाय हुनुपर्ने मागदावी लिइएको थियो । 

प्रसाईंले युट्युबमा महिलाहरूलाई लाञ्छना लगाएर अपशब्द बोलेको र राज्यका निकाय सेना र प्रहरीलाई होच्याउने अश्लील टिप्पणी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । 

उनले एउटा युट्युब च्यानलसँग अन्तर्वार्ता दिँदै प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, पूर्वमन्त्री कुलमान घिसिङ र सांसद हर्क साम्पाङलाई चलाउने ‘एउटै टिम’ भएको जिकिर गरेका थिए । हिन्दुराष्ट्र र राजतन्त्र पुनर्स्थापना गर्न तयार भए बालेन्द्र शाहको फोटो घरमा राख्ने पनि उनले उल्लेख गरेका थिए । 

त्यस्तै सेना र प्रहरीका आईजीपी दानबहादुर कार्कीले सार्वजनिक गरेको गीतबारे पनि प्रसाईंले अश्लील टिप्पणी गरेको आरोप उनीमाथि छ ।

प्रतिक्रिया