भियतनामको एक बारमा भिषण आगलागी ३२ को मृत्यु ४० घाइते

भियतनामको एक बारमा भिषण आगलागी ३२ को मृत्यु ४० घाइते


  • जन संचार
  • बिहिबार, २३ भाद्र २०७९
  • 3.7K
    Shares

भियतनामको बारमा आगलागी

भियतनामको दक्षिणी शहर होचीमिन्ह सिटी नजिकैको कराओके बारमा मंगलबार राति भएको भीषण आगलागीमा परि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।

८ तले भवनको दोस्रो तलाबाट सुरू भएको आगो चाँडै तेस्रो तल्लामा पुगेको थियो। त्यहाँ चाडै जल्ने प्रज्वलनशील सामान राखिएको थियो।

त्यहाँबाट निस्कने आकस्मिक बाटो पनि आगोले बन्द गरेपछि केहीले झ्यालको सिसा फोरेर हाफ फालेका थिए। केही बरन्डाबाट हाम फालेर ज्यान जोगाएका थिए। आगो र धुवाँमा धेरै ग्राहक र कर्मचारी फसेको भियतनामको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

समाचार स्रोतका अनुसार आगलागीमा परी ४० भन्दा बढी व्यक्तिहरू घाइते भएका छन्।

आगलागीबाट बच्न मानिसहरु बालकोनीमा जम्मा भए पनि काठको भित्री भागमा आगो फैलिएपछि त्यहाँ पनि सुरक्षित बस्न नसकेको बताइएको छ।

भवनको करिब एक तिहाइ भागमा आगो लागेको स्थानीय अधिकारीले बताएका छन्।

अग्नी नियन्त्रकले एक घन्टा भित्रै आगो नियन्त्रणमा लिए पनि ठूलो मानवीय क्षति भएको हो।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

 

प्रतिक्रिया