तीन दिनको अन्तरमा पोखरामा अर्को बैंकको एटिएम मेशिन फोडेर रकम चोरी भएको छ।
पोखरा महानगरपालिका कार्यालय अगाडी रहेको एनआइसी एसिया बैंकको टिएम मेशिन फोडिएको तीन दिन पछि गएराती पोखरा महानगरपालिका वडा नम्बर २६ लेखनाथस्थित अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटिएम मेशिन फोडेर रकम चोरी गरिएको हो ।
प्रहरीले उक्त घटनाको पुष्टि गरे पनि के कति रकम चोरी भएको थियो भन्ने बारेमा अनुसन्धान भैरहेको जानकारी दिएको छ।
प्रहरीले घटनास्थलभन्दा केही पर खोल्सामा एटिएम मेशिन भित्रको पैसा राख्ने बाकस फेला पारे पनि रकम भने फेला पारेको छैन। त्यस्तै घटनामा प्रयोग भएको भनिएको एउटा बुलेट मोटरसाइकल पनि बरामद गरेको छ। उक्त बुलेट बाइक भने स्थानिय एक बासिन्दाको चोरी गरेको पाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।