पोखरा महानगरको नगरसभाद्वारा आ.व. २०७९-०८० को करीब आठ अर्व ७८ करोड बराबरको बजेट पारित

पोखरा महानगरको नगरसभाद्वारा आ.व. २०७९-०८० को करीब आठ अर्व ७८ करोड बराबरको बजेट पारित


  • जन संचार
  • आइतबार, २६ असार २०७९
  • 3.4K
    Shares

पोखरा महानगरको नगरासभा

पोखरा महानगरपालिकाको ११औं नगरासभाले आर्थिक वर्ष २०७९-०८० का लागि करीब आठ अर्व,७८ करोड रुपियाँ बराबरको बजेट पारित गरेको छ।

आइतबार बसेको नगर सभाले आगामी आर्थिक वर्ष ०७९\८० को आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपियाँ बराबरको बजेट सर्वसम्मत तरीकाले पारित गरेको हो।

यसैगरी नगरसभाले न्यायिक समिति, लेखा समिति र विद्यायन समिति गठन गरेको छ। न्यायिक समितिको संयोजक महानगरका उपप्रमुख मञ्जुदेवि गुरुङको संयोजकत्वमा भावना श्रेष्ठ र कालिदाश पोखरेल सदस्य रहेको समिति गठन गरिएको छ । त्यस्तै लेखासमितिको संयोजकमा झपटबहादुर रानाभाट चयन भएका छन्। समिति सदस्यमा विष्णुमणि बराल, बलराम पौडेल, रामजी पौडेल र दुर्गा थापा चयन भएका छन्। लेखासमितिमा आन्तरिक लेखा परीक्षण अधिकृत सदस्यसचिव रहने व्यवस्था रहेको छ।

विद्यायन समिति संयोजकमा पुष्पेन्द्र पाण्डे चयन भएका छन्। सदस्यमा राममोहन आचार्य, प्रेमप्रसाद कर्माचार्य, निर्मल दियाली र गंगाबहादुर खत्री चयन भएका छन्।

नगरसभाले पोखरा महानगरपालिका आकस्मिक स्थापना तथा सञ्चालन कोष सम्बन्धि ऐन २०७९, आर्थिक ऐन २०७९ र विनियोजन ऐन २०७९ सर्वसम्मत पारित गरेको छ। यसैगरी, पोखरा महानगरको मध्यमकालीन खर्च संरचना २०७९÷८० र ०८१÷८२ पारित भएको छ।

प्रतिक्रिया