एमाओवादिका पुर्व नेता ‘सुर्दशन’ले गरे नयाँ कम्युनिष्ट पार्टीको घोषणा

एमाओवादिका पुर्व नेता ‘सुर्दशन’ले गरे नयाँ कम्युनिष्ट पार्टीको घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ चैत्र २०७२
  • 12.9K
    Shares

एमाओवादिले क्रान्तिलाई धोका दिएको भन्दै एकीकृत नेकपा माओवादीका पूर्व पोलिटव्यूरो सदस्य हेमन्त प्रकाश ओली सुदर्शनले शनिवार नयाँ पार्टी घोषणा गर्नु भएको छ । शनिवार घोराहीमा पत्रकार सम्मेलन गरेर यसअगाडि एमाओवादिवाट परीत्याग गरी अलग हुनु भएका नेता सुर्दशनले नयाँ कम्युनिष्ट पार्टि कम्यूनिष्ट न्यूक्लियस केन्द्र नेपालको घोषणा गर्नु भएको हो ।

क्रान्तिलाई पुरा नगरी एमाओवादिले धोका दिएपछि क्रान्तिकारी शक्तिहरुको नेतृत्व गर्न आफुले नयाँ पार्टि घोषणा गर्नुपरेको उहाले बताउनु भयो । कम्युनिष्ट क्रान्तिकारीहरुको धुर्विकरण आवश्यक रहेको भन्दै उहाले आफु नेतृत्व नयाँ पार्टिले क्रान्तिको नेतृत्व गर्न सक्ने दावि गर्नु भयो । जनताको मन जित्ने विश्वासनेता सुर्दशनको अध्यक्षतामा २ सदस्य पछि थप्ने गरी ११ सदस्यिय पार्टिको केन्द्रिय कमिटि गठन गरीएको छ ।

नव गठित पार्टिको केन्द्रिय कमिटिमा विकास शर्मा(पश्चिमाञ्चल),डा.ऋषिराज बराल (पुर्वाञ्चल), रमेश पुन(मध्यपश्चिमाञ्चल), विमर्श शर्मा(सुदुरपश्चिमाञ्चल), शेरकुमार खड्का गति(मध्यपश्चिमाञ्चल), मनप्रशाद श्रेष्ठ शिशिर (मध्यपश्चिमाञ्चल), तिर्थ वलि मध्यपश्चिमाञ्चल), धनबहादुर वलि सौरभ रहनु भएको छ । एमाओवादी नेता, पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुको हालै दाङमा सम्पन्न भेलाले नयाँ पार्टिको निर्माण गरेको हो। पार्टिलाई छिट्टै विस्तार गरेर अघि बढाइने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया