ट्रम्पद्वारा आफ्नो विरोध गर्ने महान्यायाधीवक्त बर्खास्त

ट्रम्पद्वारा आफ्नो विरोध गर्ने महान्यायाधीवक्त बर्खास्त


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ माघ २०७३
  • 9.4K
    Shares

 एजेन्सी, १८ माघ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्देशनको विरोध गर्ने अन्तरिम महान्यायाधीवक्तालाई बर्खास्त गरेका छन्।

अमेरिकाकी अन्तरिम महान्यायाधीवक्ता साली यट्सले न्याय विभाग अन्तर्गतका सबै वकिललाई आप्रवासी सम्बन्धी राष्ट्रपति ट्रम्पको दिर्नेशनको पक्षमा नलाग्न निर्देशन दिएका थिए । अन्तरिम महान्यायाधीवक्ता साली यट्सले राष्ट्रपति ट्रम्पको निर्देशन संवैधानिक रहेकोमा आफू सहमत हुन नसकेको बताए ।

त्यसलगतै राष्ट्रपति ट्रम्पले उनलाई बर्खास्त गरेका हुन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा यट्सले न्याय विभागलाई धोका दिएकाले उनलाई बर्खास्त गरिएको उल्लेख गरिएको छ । उनको ठाउँमा भिर्जिनिया राज्यको पूर्वी जिल्लाका न्यायाधीवक्ता डेना बोएन्टेलाई नियुक्त गरिएको ह्वाइट हाउसले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले गएको शुक्रबार इराक, सिरिया, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक लगाउने तथा अमेरिकी शरणार्थी कार्यक्रम एक सय २० दिनलाई बन्द गर्ने निर्देशनमा हस्ताक्षर गरे ।

राष्ट्रपति ट्रम्पको निर्देशन कानुनसम्वत रहेकोमा आफू सहमत हुन नसकेको यट्सले वक्तव्यमा उल्लेख गरेका थिए। यट्सलाई पूर्व राष्ट्रपति बाराक ओबामाले न्याय विभागमा नियुक्त गरे । राष्ट्रपति ट्रम्पले सिनेटर जेफ सेसन्सलाई न्याय विभागको प्रमुखका लागि छानेका छन् । सिनेटले यसबारे बिहीबार मतदान गर्नेछ । यसैबिच राष्ट्रपति ट्रम्पले आफ्नो निर्देशनको बचाउ गर्ने क्रम छाेडेका छैन।

राष्ट्रपति ट्रम्पले डेमोक्र्याटिक पार्टीले आफ्नो मन्त्रिपरिषद विस्तारमा अवरोध गरिहेको र यो पूर्ण रुपले राजनीतिक कारणले मात्रै गरिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया