सञ्चार उद्यमी अरुणकुमार सिङ्घानीयाँ हत्याका आरोपी सात वर्षपछि पक्राउ

सञ्चार उद्यमी अरुणकुमार सिङ्घानीयाँ हत्याका आरोपी सात वर्षपछि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ चैत्र २०७२
  • 10.5K
    Shares

सञ्चार उद्यमी अरुणकुमार सिङ्घानीयाँको हत्याका आरोपीलाई सात वर्षपछि पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार सिङ्घानीयाँको हत्याको आरोपी चन्द्रदीप यादवलाई गएराति जनकपुर–१ वकिल टोलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

टुडे सञ्चार समूहका अध्यक्ष तथा जनकपुर टुडे दैनिक पत्रिकाका प्रकाशक सिङ्घानीयाँको २०६६ साल फागुन १७ गते होली पर्वको साँझ जनकपुरको शिवचोकमा गोली हानी हत्या गरिएको थियो ।

Arun Singhaniya

होली मनाएर घर फर्किने क्रममा सिङ्घानीयाँलाई दुई जनाले गोली हानेका थिए । भूमिगत सङ्गठन तराई जनतान्त्रिक मुक्तिमोर्चा र तराई जनतान्त्रिक पार्टी मधेसले संयुक्त रुपमा घटनाको जिम्मेवारी लिएका थिए ।

प्रतिक्रिया