काठमाडौं,१४ माघ ।
श्रीमतीको हत्या गरेको आरोपमा नुवाकोट लिखु-४ पुरानो गाउँ बस्ने २८ वर्षका मानबहादुर तामाङ पक्राउ परेका छन् ।
प्रहरीका अनुसार रक्सी खाएर तामाङले शुक्रबार बिहान २४ वर्षकी श्रीमती उर्मिला तामाङलाई उखुको डाँठले टाउको, ढाड र मुखमा हानेर हत्या गरेका थिए । प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ ।