नगर सभाको माइन्युट च्यात्ने एउटा वडाध्यक्ष पक्राउ, अर्का भागे

नगर सभाको माइन्युट च्यात्ने एउटा वडाध्यक्ष पक्राउ, अर्का भागे


  • जन संचार
  • बिहिबार, १३ माघ २०७८
  • 3.3K
    Shares

नगर सभाको माइन्युट च्यातेको आरोपमा प्रहरीले बाजुराबाट एक वडाध्यक्षलाई पक्राउ गरेको छ भने अर्का वडाध्यक्ष भागेका छन्।

बाजुराको त्रिवेणी नगरपालिका ७ का अध्यक्ष प्रेमबहादुर थापालाई प्रहरीले नगर सभाको माइन्युट च्यातेको आरोपमा बुधबार पक्राउ गरेको हो ।

माइन्युट च्यातेको भन्दै वडाध्यक्षविरूद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि शाहले थापा र वडा नम्बर ९ का अध्यक्ष वीरबहादुर विष्टबिरुद्ध उजुरी दिएका थिए।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले माइन्युट च्यातेको उजुरीपछि वडाध्यक्ष थापालाई पक्राउ गरिएको बताए। विष्ट भने फरार रहेको प्रहरीले जानकारी दिएको छ।

माघ १० गते भएको नगर सभामा एकलौटी निर्णय गरेको भन्दै वडाध्यक्षद्वय थापा र बिष्टले माइन्युट च्यातेका थिए।

प्रतिक्रिया