संघीय इकाइ प्रहरी कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशील यादव मृत फेला परेका छन् । एसएसपी यादव शुक्रबार बिहान निवासमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । एसएसपी यादव एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाका ब्याचमेट
नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले भने, ‘खाजा खाने समयमा हेर्दा ढोका नखोलेको पाइयो । फेरि एक जना इन्स्पेक्टर भेट्न आउनु भएको रहेछ । हेर्न जाँदा ढोका बन्द नै थियो । तर एउटा झ्यालको खापाबाट हेर्दा झुन्डिएको देखियो ।’
प्रहरीले उनको मृत्युको कारणबारे अनुसन्धान सुरु गरिएको जनाएको छ ।