बैतडीमा जन्ती बोकेको जीप दुर्घटना : छ जनाको निधन

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना : छ जनाको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ६ मंसिर २०७८
  • 5.2K
    Shares

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा छ जनाको निधन भएको छ।  बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटना भएको हो।  सो दुर्घटनामा परेर छ जनाको निधन भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव निरिक्षक रमेश बहादुर पालका अनुसार, जीप चालक डडेल्धुरका ४० वर्षीय दीपक मालीको उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको छ भने दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा परेर घाइते भएका दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय हर्कबहादुर चन्दलाइ पनि उपचारका लागि धनगढी रेफर गरिएको छ।

जीप ओरालो बाटोमा अनियन्त्रित भएर दुर्घटना भएको खुलेको बैतडी प्रहरीका प्रबक्ता पालले बताए । जीप सडकबाट पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया