बागलुङ दछीण भेग जैमिनी नगरपालिका वडा न ८ , बेलबगर मा पर्ने प्रसिद्ध गाइथुने धाम । कालिगण्डकीको तिरमा रहेको गाइथुनेका आफ्नै विशेषता रहेका छन । धार्मिक पर्यटन सङ जोडिएको यो स्थानको उचित प्रचार प्रसारको अभाव रहेको छ । केही खुड्किला निर्माण भए पनि बाटो निकास अझै भएको छैन । जैमिनी नगरपालिकाको धार्मिक तथा पर्यटन बिकासको मुख्य प्राथमिकतामा रहेको गाइथुने धाममा बिबिध संरचना निर्माण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ठूलो टेवा पुग्ने देखिन्छ ।