बेलायती महारानीबाट क्याप्टेन थापा मेम्बरस अफ ब्रिटिस एम्पाएर नामक पदकबाट विभूषित

बेलायती महारानीबाट क्याप्टेन थापा मेम्बरस अफ ब्रिटिस एम्पाएर नामक पदकबाट विभूषित


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ चैत्र २०७२
  • 10.5K
    Shares

बेलायती महारानी एलिजावेथ द्वितीयबाट पूर्वब्रिटिस गोर्खा क्याप्टेन भक्तबहादुर थापालाई ‘मेम्बरस अफ ब्रिटिस एम्पाएर’ पदकबाट विभूषित गरिएको छ । समाज सेवा र साहसी एवम् बहादुरी कार्यमा अतुलनीय योगदान गर्ने ब्रिटिस गोर्खा सेनालाई प्रदान गरिने सो उच्च पदक क्या थापाले समाजसेवाका क्षेत्रमा प्राप्त गरेका हुन् ।

नेपालको पाँचदिने भ्रमणमा रहेका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्यारीले महारानीका बक्स भएको सो पदक क्या थापालाई आज यहाँ रहेको ब्रिटिस गोर्खा नेपालको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदान गरे ।

गोर्खा वेल्फेयर स्कीम कार्यक्रमअन्तर्गत क्या थापाले प्राविधिज्ञ भई करिब १९ वर्ष समाजसेवा गरेका थिए । यस क्रममा उनले सो स्कीमअन्तर्गत ग्रामीण क्षेत्रमा ७४ विद्यालय र ४५ हजार घरधुरीका करिब दुई लाख ७५ हजार जनतालाई ९०० योजनामार्फत पिउने पानीको उपलब्धता पुर्याएका थिए ।

राजकुमार ह्यारीबाट पदक ग्रहणपश्चात् क्या थापाले आफूले गरेका समाजसेवालाई बेलायती महारानीबाट कदर भएकामा खुसी व्यक्त गर्नुभयो ।

राजकुमार ह्यारीले आज नै अफगानिस्तानमा वीरगति प्राप्त गरेका ब्रिटिस गोर्खाको सम्झनामा कार्यालमा राखिएको स्मारकमा श्रद्धासुमन अर्पण तथा परिवारका आफन्तजनसित भलाकुसारी गरेका थिए ।

प्रतिक्रिया