बाँकेको नेपालगन्जमा शिक्षिकाको कुटाईबाट यूकेजीमा अध्ययन गर्ने एक बालक गम्भिर घाइते भएका छन् । नेपालगन्ज उप–महानगरपालिका – ५ स्थित नेपालगन्ज बालमैत्री स्कुलमा अध्ययन गर्ने ६ बर्षिय बालक अमृत सिंहलाई सोही स्कुलकी शिक्षिका गंगा श्रेष्ठले कुटपिट गरी घाइते बनाएकी हुन् ।
आइतबार स्कुलमा परिक्षा चलिरहेको अवस्थामा शिक्षिका श्रेष्ठले अमृतको टाउँको क्लिप बोर्ड प्रहार गर्दा टाउकोमा घाउ भएको छ । घाइते बालकले आफुले “नेपालगन्ज” भन्ने शब्द लेख्न नजान्दा मिसले टाउकोमा हानेको बनाए ।
शिक्षिकाको क्लिप बोर्ड प्रहारबाट बालक घाइते भएपछि विद्यालयले नै नेपालगन्ज मेडिकल कलेजमा उपचारको लागि पु¥याएको थियो । बालकको टाउकोमा भएको घाउमा ३ वटा टाँका लगाइएको छ ।
स्कुलका प्रिन्सीपल विपिन गौतमले शिक्षिकाको कुटाईबाट बालक घाइते भएको स्वार्कार गरे । उनले परिक्षामा बच्चाले नलेखिरहेको अवस्थामा मिसले हिर्काउदा घाउ बन्न पुगेकाले सबै उपचार स्कुलले नै व्यहोर्ने बताए । विद्यार्थीलाई घाइते हुने गरी कुटपिट गर्ने शिक्षिकालाई कारबाही गर्ने स्कुलले जनाएको छ ।