इरानका पूर्व राष्ट्रपति अलि अकबरको निधन

इरानका पूर्व राष्ट्रपति अलि अकबरको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २५ पुष २०७३
  • 7.1K
    Shares

एजेन्सी, २५ पुस

इरानको पूर्व राष्ट्रपति अलि अकबर हाशमी रफसन्जानीको निधन  भएको छ । उनको ८२ वर्षको उमेरमा निधन भएको हो । राजधानी तेहरानको एक अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो ।

हृदयघात भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको सरकारी सञ्चार माध्यमले जनाएका छन् । सन् १९८० पछि उनलाई इरानमा शक्तिशाली नेताको उदयमान भएको मानिन्छ ।

१९८९ देखि १९९७ सम्म उनी राष्ट्रपतिमा रहे भने सन् २००५ को चुनावमा हार व्यहाेराे । पूर्व राष्ट्रपतिको निधनमा शोक व्यक्त गर्दै इरान सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा  गरेको छ ।

प्रतिक्रिया