पोखरा महानगरपालिकामा शुक्रबार कोरोना संक्रमित ४४ जना थपिएका छन ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले भर्खरै विज्ञप्तीमार्फत दिएको सुचना अनुसार पोखरा महानगरभित्र ४४ जना संक्रमित भेटिएका छन् । जसमध्ये वडा नम्बर १६ मा मात्र ३० जना संक्रमित पाइएको छ । उनीहरु सबै पुरुष हुन् ।
त्यस्तै, अन्य सात वडामा १४ जना संक्रमित भेटिएका छन् । यसैगरी, बागलुङको काठेखोला र जैमिनीमा १ / १ जना संक्रमित भेटिएका छन् ।
सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङमार्फत भेटिएका हुन् । संक्रमितहरुलाई आइशोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
