पिसिआर परीक्षणमा बढी रकम असुल्ने दुई अस्पताललाई कारबाही : लाखौँ रुपियाँ धरौटी राखेर संचालकहरु तारेखमा छुटे

पिसिआर परीक्षणमा बढी रकम असुल्ने दुई अस्पताललाई कारबाही : लाखौँ रुपियाँ धरौटी राखेर संचालकहरु तारेखमा छुटे


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ६ चैत्र २०७७
  • 5.6K
    Shares

janasanchar , स्टार हस्पिटल सानेपा, पुरानो मेडिकल कलेज चितवन

 

कोरोना परीक्षण (पिसिआर)मा सरकारले तोकेकोभन्दा बढी रकम असुल्ने दुई अस्पतालका संचालकहरु चितवनमा लाखौँ रुपियाँ धरौटी राखेर रिहा भएका छन्।

चितवनको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुर र स्टार अस्पताल सानेपाका संचालकहरु लाखौँ रुपियाँ धरौटी राखेर रिहा भएका हुन्।

शिक्षण अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा सुप्रभात श्रेष्ठ १८ लाख रुपियाँ र स्टार अस्पतालका अध्यक्ष किशोरकुमार महर्जन पांच लाख रुपियाँ धरौटी राखेर संस्थागत तारेखमा रिहा भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।

प्र्जिअ लामिछानेका अनुसार,  सरकारले पिसिआर शुल्क रु दुई हजार तोकेकामा ती अस्पतालले रु तीन हजार शुल्क लिएपछि प्रशासनले कारवाही गरेको हो ।

शिक्षण अस्पताल आफुले सङ्कलन गरेको नमूना स्टार अस्पताल पठाउने गरेको थियो । कोरोना परीक्षणमा नेपाल सरकारले निर्धारण गरेभन्दा बढी प्रति व्यक्ति तीन हजार रुपियाँ शुल्कअसुल्ने गरिएको उनीहरुले प्रशासनमा स्वीकार गरेका थिए।  उनीहरुलाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय चितवनले कालोबजारी तथा केही सामाजिक अपराध र सजाय ऐन, २०३२ अनुसार मुद्दा दर्ता गरेर कारवाही अघि बढाएको थियो ।

यसअघि प्रशासनले बढी रकम लिएको भन्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजसमेतलाई मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया