कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका दुई स्वास्थ्यकर्मी कोरोना पोजेटिभ

कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका दुई स्वास्थ्यकर्मी कोरोना पोजेटिभ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ फाल्गुन २०७७
  • 9.4K
    Shares

कोरोना बिरुद्धको खोप , janasanchar

भारतको महाराष्ट्रस्थित जालना जिल्लामा कोरोनाभाइरसविरुद्धको दुवै डोज लगाएका दुई जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ पाइएका छन् । एक अधिकारीका अनुसार खोप लिएको केही दिनपछि दुवैमा हल्का लक्षण देखिएको थियो । उनीहरुको नमूना परीक्षण गर्दा दुवैको रिपोर्ट पोजेटिभ आएको छ ।

एडिसनल सिभिल सर्जन पद्मजा सराफका अनुसार दोस्रो डोज लिएको ४२ दिनपछि शरीरमा पूर्णरुपमा एन्टीबडी विकास हुन्छ । त्यसैले खोप लगाएपछि पनि कोभिड प्रोटोकल पालना गर्नुपर्ने उनको सुझाव छ । यता, भारतमा नै विकास र उत्पादन गरिएको ‘कोभ्याक्सिन’ लाई आपत्कालिन प्रयोगका लागि अनुमति दिइएको छ ।

स्रोतः दैनिक भास्कर

प्रतिक्रिया