सुत्केरी गराउने क्रममा दुई पटकसम्म अपरेशन गरिएकी महिलाको प्युठानमा मृत्यु

सुत्केरी गराउने क्रममा दुई पटकसम्म अपरेशन गरिएकी महिलाको प्युठानमा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ फाल्गुन २०७७
  • 25K
    Shares

सुत्केरी गराउने क्रममादुई पटकसम्म अपरेशन गरिएकी एक महिलाको प्युठानमा मृत्यु भएको छ।

अपरेशनमार्फत बच्चा पाएकी प्यूठानको झिमरुक गाउँपालिका–७ तुसाराकी २४ वर्षीया अनिसा एमसीको उपचारका लागि बुटवल लैजाने क्रममा आज बिहान बाटो मै मृत्यु हो।

प्यूठान अस्पतालका निमित्त प्रमुख खिम पार्धेले दिएको जानकारी अनुसार, ती महिलाको गत बिहीबार शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि शनिबार साँझ पुनःशल्यक्रिया गरिएको थियो । उनीको शल्यक्रियापछि पनि समस्या बढ्दै गएपछि बिहान २ बजे बुटवल पठाइए पनि भालुवाङ पुग्दा मृत्यु भएको प्रमुख पार्धेले बताए ।

नवजात शिशु सकुशल रहेको र आफन्तको जिम्मा लगाइए प्युठान अस्पतालले जानकारी दिएको छ । सुत्केरीको शवलाई भने अहिले प्यूठान अस्पतालको शबगृहमा राखिएको प्राप्त समाचारमा जनाइएको छ।

 

प्रतिक्रिया