कोरोनाबिरुद्धको पहिलो चरणको खोप लगाएका मानिस हिँडडुल गर्न नै नसक्ने गरी थलिए

कोरोनाबिरुद्धको पहिलो चरणको खोप लगाएका मानिस हिँडडुल गर्न नै नसक्ने गरी थलिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ माघ २०७७
  • 47.4K
    Shares

दोलखामा कोरोनाबिरुद्धको खोप

पहिलो दिन दोलखामा कोभिड–१९ संक्रमण विरुद्धको कोभीसिल्ड लगाएका एकसय ५५ जना मध्ये करिब ५५ जना हिँडडुल गर्न नै नसक्ने गरी थलिएका छन्।

दोलखा सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पताल र जिरी अस्पतालमा बुधबार पहिलो डोजको कोभीसिल्ड भ्याक्सिन लगाएका स्वास्थ्यकर्मीमध्ये ५५ जना हिँडडुल गर्न नै नसक्ने गरी बिरामी परेर थलिएका हुन्।

दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले बुधबार र बिहीबार भ्याक्सिन लगाएका अधिकांशलाई ज्वरो आएको जानाकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाका अनुसार, पहिलो चरणको पहिलो डोजको भ्याक्सिन दोलखाका फ्रन्टलाईनरमध्येका दुईहजर एकसय ४० जनालाई लगाउने योजना अनुसार शुक्रबारसम्म चारसय ६५ जनाले भ्याक्सिन लगाएका छन्। पांच मिलिमिटरको एक डिब्बा कोभीसिल्ड भ्याक्सिन १० जनालाई लगाइने गरिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले सामान्य अफ्ठ्यारो भए पनि अस्पताल नै भर्ना गर्नुपर्ने बिरामी नभएको जिकिर गरे । उनले कतिपय अवस्थामा खोप लगाएकाहरुलाई कोरोना रोगकै जस्तो लक्षण देखिन पनि संकेत गरे। स्थानीय स्वास्थ्यक्र्मीसंम भ्याक्सिन लगाएका मानिसहरुमा भ्याक्सिन लगाएदेखि नै हन्हनी ज्वरो आउने, राम्रोसँग बोल्न समेत नसक्ने र कोरोनाका लक्षणहरु देखिएको भन्दै उपचारका लागि आउने गरेका छन्।

प्रतिक्रिया