इन्डोनेसियाको सुलावेसी टापुमा ६.२ म्याग्निच्युडको भूकम्प २६ को मृत्यु सयौं घाइते

इन्डोनेसियाको सुलावेसी टापुमा ६.२ म्याग्निच्युडको भूकम्प २६ को मृत्यु सयौं घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ माघ २०७७
  • 5K
    Shares

भुकम्प

इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रवार बिहान ६।२ म्याग्निच्युडको भूकम्प गएपछि २६ जनाको मृत्यु भएको छ र सयौंजना घाइते भएका छन् ।

बीसौं घर र एक ठूलो अस्पताल क्षतिग्रस्त भएका छन् ।

मामुजु शहरमा भूकम्प आएको इन्डोनेसियाको विपत नियन्त्रण निकायले जनायो । भूकम्प जम्मा १८ किलोमिटरको गहिराइबाट शुरू भएको थियो ।

उद्धारकार्य चलिरहेको छ । भूकम्पपछि अनेकौं परकम्पहरू आएका थिए ।

विपत व्यवस्थापन विभागका प्रमुख रादित्य जातिले दुई हजार स्थानीयलाई उक्त क्षेत्रबाट अन्तै सारिएको बताए । तीमध्ये केही अस्थायी शिविरमा बसिरहेका छन् ।

भूकम्पका कारण विद्युत् आपूर्ति पनि ठप्प भएको छ ।

प्रशान्त महासागरको रिंग अफ फायरमा पर्ने इन्डोनेसियामा भूकम्पको अतिजोखिम छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार