नेपाली गायक तथा र्यापर आशिस राना लाउरेको कन्सर्टमा भागदौड २ जनाको मृत्यु

नेपाली गायक तथा र्यापर आशिस राना लाउरेको कन्सर्टमा भागदौड २ जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २० पुष २०७७
  • 4.5K
    Shares

नेपाली गायक तथा र्यापर आशिस राना लाउरेको कन्सर्टमा भागदौड हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ। भारतको कालिम्पोङमा आइतबार राति आयोजित म्युजिकल कन्सर्टमा अचानक भागदौड मच्चिँदा दुई जना युवतीको मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार कालिम्पोङको मेला मैदानमा आयोजित कन्सर्टमा भएको भागदौडका क्रममा चार जना घाइते भएका छन् ।

कालिम्पोङ जिल्लाका प्रहरी प्रमुख हरिकृष्ण पाईका अनुसार भागदौडमा ६ जना घाइते भएका थिए जसमा दुई जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार भागदौडबाट ४० वर्षीया अनिता क्षेत्री र ४६ वर्षीया बनिता गुरुङको मृत्यु भएको हो । उनीहरु दुवै कालिम्पोङको चन्द्रलोक क्षेत्रका बासिन्दा हुन् ।

काठमाडौं र दार्जिलिङका कलाकारहरुको सहभागितामा सांगितिक कार्यक्रम आयोजना भएको थियो । टिकट काउन्टरमा बाक्लो भीड थियो । मानिसहरू कार्यक्रममा प्रवेश गर्ने हतारोमा थिए । त्यही क्रममा अचानक भागदौड मच्चिएको र महिलाहरुलाई भीडले कुल्चिएको कालिम्पोङ नगरपालिकाका अध्यक्ष रवि प्रधानले जानकारी दिए ।

मृतकका परिवारले सांगितिक कार्यक्रम आयोजक विरुद्ध प्रहरीमा मुद्दा दर्ता गराएको छ ।

प्रतिक्रिया