पाकिस्तानमा अपरिचित लडाकूहरुको गोली प्रहार, ११ मजदुरको मृत्यु

पाकिस्तानमा अपरिचित लडाकूहरुको गोली प्रहार, ११ मजदुरको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ पुष २०७७
  • 4.4K
    Shares

पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरको मृत्यु भएको छ ।

कोइलाखानीमा भएको घटनामा परी त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो भने अरु तीन जना घाइते भएका छन् ।

बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । मजदुरहरुलाई अपरिचित लडाकूहरुले गोली प्रहार गरेको बोलानका उप–आयुक्त मुराद कासीले बताउनुभयो ।

घटनामा परी घाइते भएका मजदुरहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । उनीहरुको अवस्थाका बारेमा जानकारी गराइएको छैन ।

घटनाका बारेमा अनुसन्धान भइरहेको र अहिलेसम्म कसैले आफ्नो संलग्नताको जिम्मेबारी पनि नलिएको अधिकारहिरुले जनाएका छन् ।रासस

प्रतिक्रिया
सम्बन्धित समाचार