सर्वोच्चद्वारा पूर्व अधिराजकुमारी प्रेरणा शाहको जग्गा सरकारी भएको फैसला

सर्वोच्चद्वारा पूर्व अधिराजकुमारी प्रेरणा शाहको जग्गा सरकारी भएको फैसला


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २२ पुष २०७३
  • 13K
    Shares

पूर्व अधिराजकुमारी प्रेरणा शाह

सर्वोच्च अदालतले पूर्व अधिराजकुमारी प्रेरणा शाहले बाबु पूर्वराजा ज्ञानेन्द्र शाहबात पाएको दाइजो दाबी गरिएको जग्गा सरकारी भएको फैसला सुनाएको छ। प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय सपना प्रधान मल्ल र दीपकुमार कार्कीको इजलाशले यस्तो फैसला सुनाएको हो ।

यसअघि पूर्वप्रधानन्यायधिश रामकुमार प्रसाद साह र चोलेन्द्र शम्शेर राणाको इजलाशले नेपाल ट्रस्टको नाममा आएको जग्गा दाइजो भएको फैसला सुनाएको थियो। यसअघि गरेको यस फैसलालाइ  प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय सपना प्रधान मल्ल र दीपकुमार कार्कीको इजलाशले उल्टाएको हो। उक्त मुद्दा नेपाल ट्रस्टले पुनरावलोकन दर्ता गरेपछि आज सर्वोच्चले यस्तो फैसला सुनाएको हो।

तत्कालीन समयमा फैसला गर्दा लिएका कानुनी आधारहरु कानुनसंवत नदेखिएको भन्दै सर्वोच्चले पुरानो फैसला उल्टाएको हो। सर्वोच्चको आदेशपछि ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाले दाइजो भनेर गरेको दाबी गैरकानुनी देखिएको छ। अब उक्त जग्गा सरकारी हुनेछ।

प्रतिक्रिया