बागलुङमा मोटरसाइकल दुर्घटनाग्रस्त : एक मजदुरको मृत्यु , अर्का घाइते

बागलुङमा मोटरसाइकल दुर्घटनाग्रस्त : एक मजदुरको मृत्यु , अर्का घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ बैशाख २०८३
  • 1.2K
    Shares

bike accident

पोखरा, ४ बैशाख २०८३ ।

बागलुङमा मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

बागलुङको बडिगाड गाउँपालिकाको खौलार बजारबाट बालुवातर्फ  जाँदै गर्दा लु ३० प ७७२१ नम्बरको मोटरसाइकल बुधबार राती बडिगाड गाउँपालिका वडा नं ५ जोगीबगरमा पर्ने मध्यपहाडी लोकमार्गस्थित बाटोबाट नालीमा खस्दा एक मजदुरको मृत्यु भएको हो भने अर्का घाइते छन्।

उक्त दुर्घटनमा परेर गम्भीर घाइते भएका गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ का ३५ वर्षीय किस्मत परियारको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा बिहिबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

परियारसंगै बडिगाड गाउँपालिका वडा नं ५ मा बालुवामा मजदुरी गर्ने ३२ वर्षीय कृष्ण वि.क गम्भीर घाइते भएका छन्। घाइते वि.ककाे गलकाेट नगर अस्पतालमा उपचार भैरहेकाे छ । उनको शरीरका विभिन्न भागमा चोट लागेको अस्पतालले जनाएकाे छ । file photo

प्रतिक्रिया