पोखरा, ४ बैशाख २०८३ ।
क्यानाडामा भएको एक सवारी दुर्घटनामा परेर एक नेपाली युवाको निधन भएको छ।
क्यानडाको ओन्टारियो प्रान्तअन्तर्गत मिसिसागा शहरमा बुधबार बिहान करिब ३:४५ बजे, डेरी रोड र ह्युरोन्टारियो स्ट्रिटको चोकमा सडक पार गर्ने क्रममा तीब्र गतिमा आएको कारले ठक्कर दिंदा एक नेपाली युवाको निधन भएको हो।
निधन हुनेमा काठमाडौँ स्थायी घर भई हाल क्यानाडाको ब्राम्पटन शहरमा बसोबास गर्दै आएका करिब ४० वर्षीय जयराम गिरी रहेको गैर आवासीय नेपाली संघ (NRNA) क्यानाडा सम्बद्ध स्रोतलाई उद्धृत गर्दै हाल अमेरिकामा रहेका पोखराका पत्रकार शिव शर्मा ‘चंचल’ले समाचार लेखेका छन्।