अफगानिस्तानमा आत्मघाती कार बम बिस्फोट,३० प्रहरीको मृत्यु

अफगानिस्तानमा आत्मघाती कार बम बिस्फोट,३० प्रहरीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ मंसिर २०७७
  • 3.6K
    Shares

file pic

अफगानिस्तानमा आइतबार आत्मघाती कार बम बिस्फोट हुँदा ३० प्रहरीको मृत्य भएको छ।

यस घटनामा अन्य २० व्यक्तिहरु घाइते भएको सिन्ह्वाले जनाएको छ। गजनी प्रान्तको सैन्य क्याम्पमा यस आत्मघाती कार बम आक्रमण भएको बताइएको छ।

प्रहरीलाई नै लक्षित गरेर यो आक्रमण गराएको हुनसक्ने आशंका गरिएको छ। आक्रमणको जिम्मा कुनै समूहले हालसम्म लिएको छैन।

पछिल्लो समय विद्रोही तालिबानसँग सरकारको शान्तिवार्ता जारी छ। यद्यपी यस क्षेत्रमा तालिबान तथा सेनाबीच भिडन्त हुँदै आएको छ।

यस घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया