आर्थिक प्रलोभनमा नियमविपरित यातायातमा रातारात काम !

आर्थिक प्रलोभनमा नियमविपरित यातायातमा रातारात काम !


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २० पुष २०७३
  • 10.8K
    Shares

सवारी चालक अनुमतिपत्र ड्राइभिंग लाइसेन्स लिन चाहेका तर आफन्त र चिनेजानेका मान्छे नभएका दैनिक करीब पांच सय युवाहरु सवारी चालक अनुमतिपत्र (ड्राइभिंग लाइसेन्स) पाउनका  लागि दिइने आबेदन दिन तँछाड र मछाड गर्दै बिहानै ४/५ बजे नै आँखा मिच्दै यातायात ब्यबस्था कार्यालय गण्डकी   सवारी चालक अनुमतिपत्र शाखा बिरौटाको हाताभित्र लाइनमा बस्छन l १० बजेपछिमात्र कार्यालय खुल्छ l त्यसपछि पनि कर्मचारीहरु “सर्भर डाउन छ” भन्दै ती लाइनमा बसेका युवाहरुको आबेदन लिन आनाकानी गर्छन l कर्मचारीको आनाकानी र ढिलासुस्तिका बाबजुत असिना र पसिना अनि भोको पेटमै भएपनि ती युवाहरु झन्झट मान्दै कहिले राजस्व बुझाउने भन्दै त कहिले हाकिमको सहि गर्ने भन्दै यताउति गरेर एक दिन बाध्य हुन्छन l जसले कुनै ब्यबसायी वा दलालमार्फत पैसा बुझाउन्दैनन l उनीहरु यस्ता झन्झट भोग्नैपर्छ l तर त्यही यातायात ब्यबस्था कार्यालय गण्डकी   सवारी चालक अनुमतिपत्र शाखा हो जहाँ १५ सय रुपियाँ कर्मचारीलाई “चियाखर्च”  भन्दै नजराना बुझाउने हो भने न त राति राति लाइनमा बस्ने झन्झट, न त सहि छाप र भोको पेटमा राजस्व बुझाउन भागाभाग गर्नुपर्ने बाध्यता l

दिनभर डाउन भएको सर्भर जब पांच बज्छ, त्यसपछी आँफै छिटो बन्छ र रातारात नजराना बुझेका आवेदकहरुको फाइल दर्ता हुन्छ l नजराना आवेदकहरुका फाइल दर्ता गर्न कुनै नियम-कानुन चाहिँदैन l भटाभट फाँटप्रमुखले सहि गरिदिन्छन र अघिपछि अतिरिक्त समय काम गरेबापत भत्ता माग गर्ने कर्मचारीहरु फाँटप्रमुखले सही गरेको फाइल हेर्दै कम्प्युटर इन्ट्री गर्छन l

ठिक यसरी नै नजराना बुझेका फाइलमा सही गर्दै गरिरहेको अबस्थामा मंगलबार साँझ करीब छ बजेको समयमा भेटिए, यातायात ब्यबस्था कार्यालय गण्डकी सवारी चालक अनुमतिपत्र शाखाका अधिकृत सुन्दर शर्मा l यातायात ब्यबस्था ऐन २०४९ मा “सवारी चालक अनुमतिपत्र लिन चाहने आवेदकले सम्बन्धित अधिकारीको सामुन्ने आफैँ उपस्थित भएर आबेदन दर्ता गर्नुपर्ने ” कानुनी ब्यबस्था छ l मंगलबार साँझ कार्यालय समय सकिएपछी करीब ५.३० बजेतिर सो कार्यालयमा केही पत्रकारहरु पुग्दा अधिकृत शर्मा भटाभट फाइलमा रहेका आबेदकहरुको आबेदनमा सही गरिरहेका थिए l अधिकृत शर्माको सामुन्ने आवेदक थिएनन l उनले खुरुखुरु फाइलमा रहेका आबेदनमा सही गर्दै लेखा शाखाका कर्मचारीलाई राजस्व काट्न फाइल दिइरहेका थिए l

आबेदकको अनुपस्थितिमा यसरी फाइल दर्ता गर्न मिल्छ त भन्ने पत्रकारहरुको प्रश्नमा उनले “कानुनी रुपमा भन्दा आबेदक्को अनुपस्थितिमा फाइल दर्ता गर्न नमिल्ने” बताए l तर उनको स्पस्टीकरण थियो, “दिनभर सर्भर डाउन भएकाले नभ्याइएका फाइलहरु सेवाग्राहीको हितका लागी कार्यालय समयभन्दा पछी भएपनि दर्ता गरिएको हो l”

faram-1

अधिकृत शर्माले सही गरेका कर्मचारीहरु पनि कार्यालायासमयाभंदा बढी समयमा काम गर्नुपर्दा असन्तुस्टी प्रकट गरिरहेका थिए l उनीहरुले पनि अधिकृत शर्माको जस्तै सेवाग्रहीको हितका लागि आफुहरुले काम गरेको दाबी गरे l

कम्प्युटरमा फाइल इन्ट्री गरिरहेकी एक महिला कर्मचारीले “यसरी आबेदक्को अनुपस्थितिमा फाइल दर्ता गरिनु गलत ” भएको स्वीकार गरिन l उनले कार्यालय प्रमुखले काम गरिदिन भनेपछि आफुले काम गरेको जानकारी दिईन l

यता कार्यालयमा पत्रकारहरु आएको सुचना पाएका कार्यालय प्रमुख किर्तनराज  पौडेल लगायतका अधिकृतहरु पछाडिको बाटोबाट हतार हतारमा कार्यालयबाट बाहिरिएका थिए l पत्रकारहरुले “कार्यालय समयभन्दा पछी पनि रातारात काम गरिनुको कारण बारे प्रश्न गर्दा उनले “दिउँसो सर्भर डाउन भएकाले सेवाग्रहीको हितका लागी काम गरिएको ” दाबी गरे l उनले अतिरिक्त समय काम गरेबापत कुनै मोलाहिजा नगरिएको बताए l

प्राप्त समाचार स्रोतका अनुसार, दिनभर करीब तीनसय जना आबेदक्को आबेदन प्रक्रियागत रुपमा दर्ता गरिएको भएपनि करीब एकसयभन्दा बढी आबेदकको आबेदन केही ड्राइभिंगमार्फत एकमुष्ठ पठाइएको हो l

faram-2

ड्राइभिंग संघ गण्डकीका अध्यक्ष तुलबहादुर ठकुरी “आबेदकको अनुपस्थितिमा  फाइल दर्ता गरिनुलाइ गलत भन्छन l उनी भन्छन्, “स्वबिबेकमा एक-दुइजनाको फाइल दर्ता गर्न सकिने भए पनि समुहगत रुपमा फाइल दर्ता गर्न मिल्दैन l”

यसैबीच प्राप्त जानकारी अनुसार, नेत्र विक्रम चन्द “विप्लब” नेतृत्वको नेकपा (माओबादी) कास्कीले यातायात ब्यबस्था कार्यालय गण्डकी लाइसेन्स शाखामा भएको अनियमितताको बारेमा चासो देखाउंदै घटनाका बारेमा कार्यालयमा पुगेर जानकारी लिएको छ l

प्रतिक्रिया