अफगानिस्तानको काबुलमा शैक्षिक संस्थाबाहिर आत्मघाती बम विस्फोट,१३ जनाको मृत्यु

अफगानिस्तानको काबुलमा शैक्षिक संस्थाबाहिर आत्मघाती बम विस्फोट,१३ जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ कार्तिक २०७७
  • 3.1K
    Shares

अफगानिस्तानको राजधानी काबुलमा एक शैक्षिक संस्थाबाहिर आत्मघाती बम विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ।

उच्च शिक्षा पढ्दै गरेका विद्यार्थीहरुका लागि विभिन्न विषयमा पढाइ हुने निजी शैक्षिक संस्थाबाहिर विस्फोट गराइएको हो। विस्फोटमा परी करिब ३० जना घाइते भएका छन्। घाइतेहरुलाई अस्पताल लगिएको छ।

सिया मुस्लिमको बाहुल्य रहेको दस्ते ए बर्चीमा सयौं विद्यार्थीहरु पढ्न आउने गर्थे।

आक्रमण कसले गराएको हो भन्ने खुलेको छैन। तालिबानले आफूहरुले आक्रमण नगरेको बताइसकेको छ।

अफगानिस्तानको गृह मन्त्रालयका अनुसार सुसाइड बम्बर शैक्षिक संस्था भित्र प्रवेश गर्न चाहन्थ्यो। तर सुरक्षा गार्डहरुले रोकेपछि उनले बाहिर नै बम विस्फोट गराएका थिए।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ।

प्रतिक्रिया