स्याङ्जाका केहरसिंह नेपाली बाघको हड्डीसहित पक्राउ

स्याङ्जाका केहरसिंह नेपाली बाघको हड्डीसहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ भाद्र २०७७
  • 3.5K
    Shares

स्याङ्जा-  बाघको हड्डीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका–१३ आहालेका केहरसिंह नेपाली रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बाघको जस्तो देखिने हड्डी लुकाईछिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले नेपालीको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा घरको दोस्रो तलामा काठको ठेकीभित्र लुकाइराखेको बाघको जस्तो देखिने शरीर, टाउको, बङ्गारा, च्यापुसमेत साना तथा ठूला गरी जम्मा ८१ वटा हड्डी फेला परेकाले र ती हड्डीहरु बरामद गरी आइतबार डिभिजन वन कार्यालयमा आवश्यक कारबाहीका लागि पठाइएको प्रहरी प्रवक्ता समेत रहनुभएका अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार