लकडाउनका बेला उपचार गर्न आएकी युवतीलाई वलात्कार गरेको आरोपमा जनकपुरबाट डा. मण्डल पक्राउ

लकडाउनका बेला उपचार गर्न आएकी युवतीलाई वलात्कार गरेको आरोपमा जनकपुरबाट डा. मण्डल पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३१ बैशाख २०७७
  • 2.4K
    Shares

जिल्ला प्रहरी कार्यालय धनुषा

लकडाउनका बेला  आफ्नो क्लिनिकमा उपचार गर्न आएकी एक महिलालाई वलत्कार गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक चिकित्सकलाई पक्राउ गरेको छ।

प्रादेशिक अस्पताल जनकपुरमा दरबन्दी भएका ३५ वर्षीय एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको हो।

लकडाउनको समयमा उपचारका लागि क्लिनिकमा गएको बेला आफुलाई डाक्टरले जबरजस्ती करणी गरेको भन्दै एक युवतीले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

अनुसन्धानका लागि हाल जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको धनुषा प्रहरीले जनाएको छ।

(नोट: यसभन्दा अघि यसै समाचारमा असावाधानिबस फरक व्यक्तिको फोटो प्रकाशित हुन गएकोमा हामी क्षमा प्रार्थी छौं , साथै वहांको व्यक्तिगत तथा ब्यबसायिक जिवनमा पुग्न गएको हानिप्रति हामी दु:ख प्रकट गर्दछौं। -सम्पादक)

प्रतिक्रिया
सम्बन्धित समाचार