५ भदौ, बेरुत । सिरियाको सीमाक्षेत्रमा गुडिरहेको गाडीमाथि खानी विष्फोट भई आएको पहिरो पर्दा आइतबार तीन जना लेबनानी सेनाको मृत्यु भएको छ ।
जरुद आर्सल सीमामा इश्लामिक स्टेट (आइएस) समूहका लडाक विरुद्धको कारबाहीका लागि शनिबार त्यहाँ पुगेका सैनिक कारबाहीका क्रममा अघि बढ्दै गरेको अवस्थामा उक्त दुर्घटना भएको थियो ।
लेबनानी सेनाले जरुद आर्सल क्षेत्रमा पछिल्ला केही दिनयता आतङ्कवादी विद्रोही विरुद्धको अभियानलाई तीब्र बनाएको छ