ट्रम्पका रणनीतिक सल्लाहकार बेनन बर्खास्त

ट्रम्पका रणनीतिक सल्लाहकार बेनन बर्खास्त


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ भाद्र २०७४
  • 5.3K
    Shares

भदौ ३ – अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका रणनीतिक सल्लाहकार टिमका प्रमुख स्टिभ बेनन बर्खास्त भएका छन् ।

ह्वाइट हाउस प्रेस सचिव सारा हकबी सान्डर्सले प्रमुख रणनीतिक सल्लाहकार बेनन शुक्रबार बर्खास्त भएको पुष्टि गर्नुभएको छ । बेनन शुक्रबार अन्तिम पटक कार्यालय आएको उहाँले बताउनुभयो । ह्वाइट हाउसका चिफ अफ स्टाफ जोन केलीले बेननको पदको समीक्षा गरेपश्चात उहाँ बर्खास्तमा पर्नुभएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका महत्वपूर्ण सहयोगीका रुपमा रहँदै आउनुभएका बाननले चुनावी अभियानको क्रममा ‘अमेरिक फस्र्ट’ स्लोगन तयार पार्नुभएको थियो ।

चुनावी अभियानम ट्रम्पको सहयोगीका रुपमा रहँदै आउनुभएका बेननले ट्रम्पका पछिल्ला केही नियुक्तिमा असन्तोष जनाउँदै आएको र यसले गर्दा उहाँ बर्खास्त भएको विश्लेषण पनि गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार