बुधबारको संसद बैठकमा संविधान संशोधन विधयेक मतदानका लागि पेश हुदै

बुधबारको संसद बैठकमा संविधान संशोधन विधयेक मतदानका लागि पेश हुदै


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३२ साउन २०७४
  • 8.3K
    Shares

पोखरा/ सरकारले बुधबारको संसद बैठकमा संविधान संशोधन विधयेक मतदानका लागि पेश गर्ने भएको छ।

व्यवस्थापिका संसदको आजको बैठकको कार्यसूचीको छैठौं नम्बरमा कानून मन्त्री यज्ञबहादुर थापाले संशोधन विधेयकमाथि दफावार छलफलका लागि संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ।

आजै सो संशोधन विधेयकमाथि परेका संशोधनलाई पनि निर्णयार्थ पेस गरिने र प्रस्ताव आजै पारित गर्ने पनि प्रस्ताव पेस गर्ने कार्यसूची छ।
संसदमा अहिले विशेष समय लिएर सांसदहरुले बोल्ने क्रम चलिरहेको छ।

यसअघि राष्ट्रिय जनता पार्टी नेपाल र सरकारबीच पास फेल जे भएपनि संशोधन विधयेक मतदानमा लैजाने सहमति भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार