चितवन, १८ साउन । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा साउन २० गते चुनाव हुने भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मतपत्र च्यातिएर रोकिएको १९ नम्बरको मतदान २० गते गर्ने र बुधबारदेखि मौन अवधि शुरु हुनेछ ।
यसअघि सर्वोच्च अदालतले आइतबार मात्रै भरतपुरमा फेरी चुनाव गर्न निर्वाचन आयोगका नाममा आदेश जारी गरेको थियो ।
पहिलो चरणमा चुनाव भएको भरतपुरमा मतगणनाको काम चलिरहेका बेला माओवादीका प्रतिनिधिहरुले मतपत्र च्यातेपछि निर्वाचन आयोगले फेरी मतदान गराउने निर्णय गरेको थियो ।
तर आयोगको निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएपनि सर्वोच्चले चुनाव गर्ने बाटो खोलिदिएको थियो ।