देश भर विपी स्मृति दिवस मनाइँदै, पार्टीभित्रको अनुशासनहीनताका कारण धेरै स्थानमा कांग्रेसले पराजय बेहोर्नुपरेको : देउवा

देश भर विपी स्मृति दिवस मनाइँदै, पार्टीभित्रको अनुशासनहीनताका कारण धेरै स्थानमा कांग्रेसले पराजय बेहोर्नुपरेको : देउवा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ६ साउन २०७४
  • 5.5K
    Shares

काठमाडौं/ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनहीनता बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । शुक्रबार राजधानीमा विपी कोइरालाको ३५ औं स्मृति दिवस तथा प्रजातान्त्रिक विचार समाजको साधारसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पहिलो र दोस्रो तहको स्थानीय तह निर्वाचनमा पार्टीभित्रको अनुशासनहीनताका कारण धेरै स्थानमा कांग्रेसले पराजय बेहोर्नुपरेको बताए ।

उनले पार्टी अनुशासन उल्लंघन गर्नेहरुलाई कडा कारबाही गर्ने चेतावनीसमेत दिए ।

प्रधानमन्त्री देउवाले पहिलो र दोस्रो स्थानीय तह निर्वाचनमा पार्टीले बेहोरेको हारको क्षति आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनबाट पूर्ति गर्न एकताबद्ध भएर लाग्न आह्वान गरे ।

उनले कांग्रेस एकताबद्ध र अनुशासित भएर अघि नबढे लोकतन्त्रलाई नै घाटा पुग्ने बताए । निर्वाचनका क्रममा कतिपय स्थानमा उम्मेदवारी वितरणमा पनि अन्याय भएको हुनसक्ने भन्दै उनले त्यसलाई व्यवस्थापन गर्दै लैजाने आश्वासन दिए ।

उनले कांग्रेस एकताबद्ध र अनुशासित भएर अघि नबढे लोकतन्त्रलाई नै घाटा पुग्ने बताए । निर्वाचनका क्रममा कतिपय स्थानमा उम्मेदवारी वितरणमा पनि अन्याय भएको हुनसक्ने भन्दै उनले त्यसलाई व्यवस्थापन गर्दै लैजाने आश्वासन दिए ।

पार्टीलाई एकताबद्ध र अनुशासित बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ थियो । कार्यक्रममा प्रधानमन्त्री देउवाले ‘गिरिजाप्रसाद कोइराला विशेषांक’समेत विमोचन गरे ।

नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका थिए । तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्थ गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो । पछि उनी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

विपीले प्रवर्द्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार