काँग्रेस वडाअधक्ष्यको हर्कतः कुटेरै बिवाद मिलाउने प्रयास

काँग्रेस वडाअधक्ष्यको हर्कतः कुटेरै बिवाद मिलाउने प्रयास


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ५ साउन २०७४
  • 5.1K
    Shares

दाङ । दाङको शान्तिनगर गाउँपालिका २ का वडाध्यक्ष पर्साराम डागीले कुटेर दुई युवा समुहको बिवाद मिलाउने प्रयास गरेका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पर्साराम डागीले स्थानीय अनन्त पुनका बुबा र दुई जना कांग्रेस सर्मथक बिचमा भएको सामान्य बिवादको बिषय मिलाउन भन्दै वडा कार्यालयमा बोलाएर यस्तो हर्कत देखाएका हुन् ।

पिडित पुनले आफु खेत जोत्न लागेको समयमा मेलमिलाप छ भनेर बोलाई कुटपिट गरेको दुखेको पोखे । ‘न्याय पाउने निकायमा जनप्रतिनिधिकै संलग्नातामा आफुले कुटाई खानुपर्यो पुनले भने ‘अब हामी जनताले कसको भरोसा गर्ने प्रहरीमा त उजुरी गरेको छु ।’

साउन ८ गते, २०७४

प्रतिक्रिया
सम्बन्धित समाचार