‘नाथुला’ प्रवेशद्वार बन्द भारतीय सेनाले ‘सीमा अतिक्रमण’ गरेको चीनको आरोप

‘नाथुला’ प्रवेशद्वार बन्द भारतीय सेनाले ‘सीमा अतिक्रमण’ गरेको चीनको आरोप


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ असार २०७४
  • 9.4K
    Shares

बेइजिङ /  भारतीय सेनाले चीन–भारत सीमाअन्तर्गत सिक्किम क्षेत्रमा ‘सीमा पार’ गरेको भनी उनीहरुलाई यहाँबाट फिर्ता गर्न चीनले सोमबार आग्रह गरेको छ ।

साथै, सीमा क्षेत्रमा देखिएको समस्यालाई देखाउँदै कैलाश मानसरोबर यात्रामा जाने भारतीय तीर्थयात्रीका लागि समेत ‘नाथुला’ प्रवेशद्वारलाई बन्द गरेको छ ।

चीनले भारतीय सेनाले सिक्किम क्षेत्रमा चिनियाँ भूभागमा अनधिकृत रुपमा अतिक्रमण गरेको दावी गर्दै भारतसँग सिमानामा देखिएको समस्या विषयमा नयाँ दिल्ली तथा बेइजिङस्थित भारतीय दूतावासका अधिकारीमार्फत् कूटनीतिक विरोधसमेत जनाएको छ ।

‘हामीले बेइजिङ र नयाँ दिल्लीमा औपचारिक रुपमा गम्भीर आपत्ति जनाएका छौँ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले सञ्चारकर्मीसँगको कुराकानीमा बताए ।

उनले भने,–‘हाम्रो भौगालिक सार्वभौमसत्तालाई जोगाउने अभियान अविचलित रुपमा अघि बढ्नेछ । हामी विश्वास गर्छौं भारतीय पक्ष यस विषयमा सोहीअनुरुप अघि बढ्नेछ र तुरुन्तै चिनियाँ भूभागबाट सेनालाई फिर्ता लग्नेछ ।’

चीनले सोमबार राति नै सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राखी नाथुला प्रवेशमार्ग हुँदै तिब्बत प्रवेश गर्ने तीर्थयात्रीलाई समेत भ्रमणमा प्रतिबन्ध लगाएको जनाएको थियो ।

यसैबीच, चिनियाँ विदेश मन्त्रालयका गेङ सुवाङले मंगलबार एक विज्ञप्ति जारी गरीे भारतीय सुरक्षा गार्डलाई तुरुन्त फिर्ता गरी के–कति कारणले सीमा अतिक्रमण गरिएको हो अनुसन्धान सुरु गर्न आग्रह गरेको बताएका छन् । रासस/पीटीआई

प्रतिक्रिया
सम्बन्धित समाचार