चिनियाँ सैन्य कारवाहीमा सीमा क्षेत्रमा भारतीय सेनाका दुई बंकर ध्वस्त

चिनियाँ सैन्य कारवाहीमा सीमा क्षेत्रमा भारतीय सेनाका दुई बंकर ध्वस्त


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ असार २०७४
  • 12.5K
    Shares

नयाँ दिल्ली/  भारतीय सेनाले चीनसँगको सीमा क्षेत्रमा बनाएका दुई बंकर चिनियाँ सैन्य कारवाहीमा ध्वस्त भएको छ ।

भारतीय संचारमाध्यमका अनुसार  सिक्किम क्षेत्रमा भारत–चीन सीमामा पछिल्लो पटक तनाव उत्पन्न भएको हो । चिनियाँ सेनाले सीमा क्षेत्रमा गरेको कारवाहीमा भारतीय सेनाका बंकर ध्वस्त बनाएको हो ।

सिक्किमको डोका ला जनरल क्षेत्रमा भएको सो घटनामा मानवीय क्षति भने नभएको बताइएको छ । चिनियाँ कारवाहीका क्रममा भारतीय सेनासँग झडपसमेत भएको बताइएको छ । यद्यपि यससम्बन्धी विस्तृत विवरण खुलाइएको छैन ।

भारतीय सेनाले मानव शृङ्खला बनाएर चिनियाँ सेनालाई भारतीय क्षेत्रमा प्रवेश गर्नबाट रोकेको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया
सम्बन्धित समाचार