चीन । चीनको दक्षिणपश्चिमी सिचुआन प्रदेशमा शनिबार विहान आएको बाढीपहिरोमा परी १४१ जना बेपत्ता भएका छन् ।
पहिरोले ४६ ओटा घरहरु पनि बगाएको प्रदेश सरकारका अधिकारीहरुले जानकारी दिएका छन् । उच्च हिमाल क्षेत्रबाट झरेको पहिरोले तिब्बतीयन र क्विङ स्वशासित क्षेत्र हुदै छिन्मो गाँउमा विहान ६ बजेतिर नदि अवरुद्ध भएको थियो । पहिरोले १६ सय मिटर सडक पनि बगाएको छ ।