बिस्फोट गराउन खोज्ने एक संदिग्ध व्यक्ति बेल्जियम सैनिकको गोलीबाट मारिए

बिस्फोट गराउन खोज्ने एक संदिग्ध व्यक्ति बेल्जियम सैनिकको गोलीबाट मारिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ असार २०७४
  • 9.2K
    Shares

बेल्जियमको ब्रसेल्समा बिस्फोट गराउन खोज्ने एक संदिग्ध व्यक्ति बेल्जियम सैनिकको गोली प्रहारबाट मारिएका छन् ।

ब्रसेल्सको रेल वे स्टेशननजिकै विस्फोटक पदार्थले भरिएको पेटी लगाएका संदिग्धले ब्रसेल्स सेनालाई देख्ने बितिकै बिस्फोटको प्रयास गरेका थिए ।

ब्रसेल्सको ग्राँ प्ला रेलवे स्टेशनको टिकट काउन्टरमा विस्फोट गराउने उद्देश्यका साथ प्रवेश गरेको उसलाई गोली लाग्दा बिस्फोटक पदार्थ पड्किएको थियो ।

विस्फोटबाट कोही पनि घाइते नभएको बताईएको छ । घटना लगत्तै रेल वे स्टेशन बन्द गराइएको छ ।

ब्रसेल्सको बिमानस्थलमा सन् २०१६ मा भएको आतंकवादी आक्रमणमा ३२ जना मारिएका थिए । मारिनेको पहिचान हुन सकेको छैन । (एजेन्सी)

प्रतिक्रिया
सम्बन्धित समाचार