साउदी राजाले भतिजलाई गरे बर्खास्त,छोरालाई युवराजधिराज बनाए

साउदी राजाले भतिजलाई गरे बर्खास्त,छोरालाई युवराजधिराज बनाए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ असार २०७४
  • 11.2K
    Shares

रियाद, असार ७ । साउदी राजा सालमनले आफ्ना छोरा मोहमद बिन सालमनलाई साउदी अरेबियाको युवराजधिराज घोषित गरेका छन् ।

उनले यसअघि उनका भतिज मोहमद बिन नायफलाई युवराजधिराज नियुक्त गरेका थिए । राजा सालमनले उनलाई बर्खास्त गरी आफ्ना छोरा मोहमद बिनलाई युवराजधिराज बनाएको बताइएको छ ।

साउदी प्रेस एजेन्सीले बुधबार साउदी अरेबियाली राजदरबारबाट प्रकाशन गरेको सूचनालाई उद्धृत गर्दै दिएको समाचारमा सो विषय उल्लेख गरिएको छ ।

युवराजधिराजका साथै उनलाई साउदी अरेबियाको रक्षामन्त्रीमा पनि नियुक्त गरिएको सो सूचनामा जनाइएको छ । रासस/एएफपी

प्रतिक्रिया
सम्बन्धित समाचार