काठमाडौं, एउटा सुवेदी भाग्दै, अर्को सुवेदी आउँदै,यतिबेला मुलुकको ध्यान अबको मुख्य सचिव को ? भन्ने तर्फ केन्द्रीत हुर्दैछ ।
नेपाल सरकारको मुख्य सचिवले मुलुकको संघीय ढाँचाअनुसारको कार्यक्रम संचिव मार्फत तयार गरी सरकारलाई सहयोग गर्नुपर्नेमा मुख्य संचिव डा. सोमलाल सुवेदी पद ओगट्ने तर काम नगर्ने क्षमताहीनका रुपमा परिचित भए तर उनको अवधी सकिएको छ ।
जबकि एक बर्षसम्म उनैलाई क्लास खालका एमलेका अहिलेका नेताहरुलाई पनि राजनीतिक प्रशिक्षण दिने खालका संचिव दिनेश थपलिया मन्त्रिपरिषद् संचिवालयमामै थिए ।
अहिले थपलिया संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सचिव छन् । तर मुख्य संचिवले गर्नुपर्ने काम नगरिदिँदा उनी हैरान भएको बताइन्छ । मासिक १८ लाखको जागिर खान एक महिना पछि उनी एडिबीको कर्मचारी बन्दै छन् ।
अहिले मुख्य संचिव सुवेदीले थुपारेको फोहर सफा गर्न तीन भाईको दौडधुप सुरु भएको छ । भ्रष्टाचारमा चुर्लुम्म डुबेका तथा आफ्ना र अरुको छुट्टयाउन नसक्ने शान्तबहादुर श्रेष्ठ, कहिले माओवादी नजिक भए त कहिले एमाले नजिक भए । स्रोतका अनुसार यी अहिले कांग्रेस तीर ढल्केका छन् । उनको सम्बन्ध शिक्षामन्त्री एंव कांग्रेस नेता गोपालमान श्रेष्ठसँग राम्रो रहेको बुझिन्छ ।
त्यस्तै दौडधुपमा शान्तराज सुवेदी, धनबहादुर तामाङ, सुमन शर्मा छन् । सुवेदी माओवादी निकट मानिन्छन् । उनको संभावना पनि प्रवल मानिन्छ । तामाङ र शर्माको चर्चा भएपनि उनको पावर कत्तिको पुग्छ त्यसमा भर रहने स्रोत बताउँछ ।
यस्तै, विकल्पमा रुपमा रहेका भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङ र सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राजेन्द्र किशोर क्षेत्रीबीच प्रतिस्पर्धा हुनेछ ।
तर, तामाङ उमेरहदका कारण असारमै रिटायर्ड हुने र क्षेत्री पनि त्यसअघि नै अनिवार्य अवकासमा जाने भएकाले उनीहरुको सम्भावना केही कमजोर रहेको छ ।
न्युज अभियानबाट