उत्तर कोरियाबाट रिहा भएर अमेरिका फर्किएका २२ वर्षे छात्रको मृत्यु

उत्तर कोरियाबाट रिहा भएर अमेरिका फर्किएका २२ वर्षे छात्रको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ असार २०७४
  • 6.7K
    Shares

बीबीसी

केही हप्ता अघि उत्तर कोरियामा १५ महिना कैद सजायँबाट रिहा भएर अमेरिका फर्किएका अमेरिकी छात्र २२ वर्षीय आटो वार्मबियरको मृत्यु भएको छ ।

वार्मबियरका पिताले उनको मृत्युको पुष्टि गरेका हुन् ।

आटो वार्मबियरका परिवारले एक विज्ञप्ति जारी गर्दै उनको छोराको मृत्यु परिवारका सदस्य बिच दिउँसो २ बजेर २० मिनेट जाँद भएको बताए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आटोको मृत्युमाथि शोक प्रकट गर्दै उत्तर कोरिया एक क्रुर सत्ता भएको जहाँ आटोले अनेकौं समस्याको सामना गर्नुपरेको बताए ।

उनले भने, ‘कुनै पनि परिवारका लागि कम उमेरमा आफ्नो सन्तान गुमाउनुको पीडा शब्दमा वर्णन गर्न सकिन्न ।’

ओटो वार्मबियर कोमामा कसरी पुगे त्यसबारे अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

कोमाको स्थितीमा भएका थिए रिहाः

उत्तर कोरियाले वार्मबियरलाई कोमाको स्थितीमा रिहा गरेको थियो । अमेरिका पुग्नेबित्तिकै उनलाई सिनसिनाटीमा उनको घर नजिकैको अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा उनको उपचार गरिरका डाक्टरका अनुसार उनलाई गम्भीर दिमागी चोट थियो ।

यता उत्तर कोरियाले भने आटो वार्मबियरको स्थितीका लागि बोट्युलिज्म र निन्द्राको औषधी जिम्मेवार भएको बताएको छ ।

यद्यपी, अमेरिकी डाक्टरले यो भनाईलाई सरासर अस्विकार गरेका थिए ।

आटोका पिताले उत्तर कोरियामा उनको छोरालाई असह्य शारिरिक यातना दिएपश्चात् उनको मृत्यु भएको आरोप लगाएका छन् ।

वार्मबियर परिवारले विज्ञप्तिमा भनेको छ, ‘जब जून १३ तारिखमा वार्मबियर घर फर्किए तब उनी कुरा गर्ने, कसैलाई देख्ने वा कुरा सुन्ने स्थितीमा थिएनन् । उनी निकै तनावमा थिए ।’

उनी भन्छन्, ‘घर फर्किएको एक दिन पछि उनको अनुहारको भाव परिवर्तन भयो र उनी शान्त देखिन्थे । मलाई लाग्छ कि उनलाई आफू घरमा छु भन्ने कुरा थाहा थियो ।’

योभन्दा पहिले पत्रकार सम्मेलनमा आटोका पिता फ्रेड वार्मबियरले आफूलाई १५ महिनासम्म छोराबारे केही अत्तोपत्तो नभएको बताएका थिए ।

उनले भनेका थिए, ‘एक हप्ता पहिले मात्र उत्तर कोरियाली सरकारले वार्मबियर एक वर्षसम्म कोमामा भएको जानकारी दिएको थियो ।’

चोरीको सजायँः १५ वर्षको सश्रम कारावास

भर्जिनिया विश्वविद्यालयका छात्र वार्मबियरलाई पछिल्लो जनवरीमा उत्तर कोरियाको भ्रमणका बेला एक होटलबाट प्रचार चिन्ह चोरी गर्न खोजेको आरोपमा पक्राउ गरिएको थियो ।

उनलाई १५ वर्षको कठिन कारावास सजायँ तोकिएको थियो ।

उनको दिमागमा गम्भीर चोट लागेका कारण उनलाई मेडिकल आधारमा उत्तर कोरियाबाट रिहा गरिएको थियो ।

पछि सरकारी टेलिभिजनमा आटोले एक चर्च समूहले उनको यात्राको निशानी ल्याउन भनेपछि प्रचार चिन्ह ल्याउन खोजेको बताएका थिए । उनले यसलाई जीवनको सबैभन्दा ठूलो गल्ती भनी स्विकारेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार