प्युठान जिल्ला कारागारको बाथरुमभित्र कैदी मृत भेटिए

प्युठान जिल्ला कारागारको बाथरुमभित्र कैदी मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ कार्तिक २०८३
  • 874
    Shares

PYUTHAN JAIL, प्युठान जिल्ला कारागार

प्युठान, २ कार्तिक २०८३।

प्युठान जिल्ला कारागारको बाथरुमभित्र एक जना कैदी मृत भेटिएका छन्। जिल्लाको गौमुखी गाउँपालिका–३ का २७ वर्षीय ओमबहादुर घर्ती आइतबार दिउँसो कारागारको बाथरुममा आइतबार दिउँसो करिब २ बजे मृत अवस्थामा भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार आइतबार दिउँसो नुहाउन भन्दै कारागारको बाथरुममा गएका घर्ती लामो समयसम्म पनि बाहिर ननिस्किएपछि कारागारका पानी नाइके र अन्य कैदीबन्दीले ढोका खोलेर हेर्दा उनलाई झुण्डिएको अवस्थामा फेला पारेका थिए।

घर्ती हाडनाता करणीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट १६ वर्ष कैद सजाय सुनाइएका कैदी हुन्। उनी विगत पाँच वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका थिए।

कारागारको बाथरुमभित्रै कैदी मृत फेला परेपछि घटनाबारे थप अनुसन्धान आवश्यक देखिएको छ। घर्तीको मृत्युको वास्तविक कारण र घटनासम्बन्धी अन्य विवरण भने खुल्न बाँकी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार