झापामा बुहारी कुटपिटका क्रममा तीनमहिने नातिको मृत्यु, परिवारका चार जना प्रहरी नियन्त्रणमा

झापामा बुहारी कुटपिटका क्रममा तीनमहिने नातिको मृत्यु, परिवारका चार जना प्रहरी नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ असोज २०८३
  • 114
    Shares

झापा, २४ असोज २०८३।

झापामा बुहारी कुटपिटका क्रममा तीनमहिने नातिको मृत्यु भएको छ।

जिल्लाको दमक नगरपालिका–३ स्थित बेलडाँगी शिविरमा घरायसी विवादका क्रममा ससुराले बुहारीमाथि कुटपिट गर्दा काखमा रहेका तीनमहिने शिशुको मृत्यु भएको हो ।

प्रहरीका अनुसार असोज २३ गते दिउँसो करिब १ः२० बजे बेलडाँगी शिविरको सेक्टर डी–२ मा घरायसी विषयलाई लिएर परिवारका सदस्यबीच विवाद भएको थियो।विवाद चर्किएपछि मनबहादुरले बुहारी बिमलामाथि कुटपिट गरेको र सोही क्रममा आमाको काखमा रहेका तीनमहिने शिशु सामेल तामाङलाई चोट लागेको थियो। घाइते शिशुलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा दिउँसो २ः०५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त घटनामा संलग्न रहेको आरोपमा ६८ वर्षीय मनबहादुर तामाङ, उनकी ६२ वर्षीया श्रीमती आशा तामाङ, ३४ वर्षीय छोरा फुर्बा सिंह तामाङ र ३८ वर्षीया बुहारी बिमला भारती संलग्न रहेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले परिवारका चारै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार