लण्डनमा भएको आतंककारी हमलामा परी ६ को मृत्यु, घाइते ४८ जना अस्पतालमा भर्ना

लण्डनमा भएको आतंककारी हमलामा परी ६ को मृत्यु, घाइते ४८ जना अस्पतालमा भर्ना


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ जेष्ठ २०७४
  • 8.4K
    Shares

लण्डन, मध्य लण्डनमा शनिबार राती भएको दुई वटा आतङ्ककारी आक्रमणमा परी घाइते भएका ४८ लाई उपचारार्थ अस्पताल भर्ना गरिएको लण्डन एम्बुलेन्स सेवाका अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । शनिबार भएको दुई वटा आक्रमणमा परी छ जनाले ज्यान गुमाएका थिए । यस आक्रमणबाट घाइते भएका ४८ व्यक्तिलाई लण्डनका पाँच वटा अस्पतालका भर्ना गरिएको लण्डन एम्बुलेन्स सेवाले जानकारी दिएको हो ।

शनिबार राती भएको यस आक्रमणबाट सामान्य घाइते भएका केही व्यक्तिलाई भने उपचारपछि घर फर्काइएको छ । लण्डन ब्रिजमा एउटा गाडीले पैदलयात्री भएका ठाउँमा गएर ठक्कर दिएको र बरो मार्केट क्षेत्रमा सदिग्ध आतङ्ककारीले जथाभाबी रुपमा छुरा प्रहार गरेको यस दुई वटा घटनामा परी मारिनेको सङ्ख्या छ पुगेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

यस घटनामा संलग्न भएका ३ जना संदिग्ध हमलाकारीहरु प्रहरी हानेको गोलीबाट मारिएका छन् । यसअघि नै बेलायती प्रधानमन्त्री थेरेसा मेले यस घटनालाई सम्भावित आङ्कककारी घटना भन्नु भएको थियो ।

गत २२ मे साँझ आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०:३५ बजे म्यान्चेस्टर सङ्गीतस्थल (एरिना) परिसरमा भएको भयानक विस्फोटमा परी २२ को मृत्यु हुनुको सार्थै दर्जनौ. व्यक्ति घाइते भएका घटनाको दुई हप्ता वित्न नपाउँदै पुनः यो आक्रमण भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार